विचित्र संसार

१७ बर्षीया युवतीलाई तीब्र रुपमा यौन चाहना…..

म १७ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ । मेरो कुनै केटासाथी पनि छैन । अब मैले के गर्दा उपयुक्त होला ? –डा. राजेन्द्र भद्रा

यौन भावनाको व्यवस्थापन

हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ ।यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।

किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।

यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय ?

विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् ।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए ।

महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?

महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि ।

त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म ९छाला० लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं ।

काँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि ।

पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।

भगांकुर चलाउनु स् भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।

त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।

योनिमा केही पसाउनु स् योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग स् भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् ।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । मोरगंअनलाईनकका अनुसार, तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।