तस्विरहरु

कुन नेताले कहाँबाट गरे मतदान ? देखिए यस्ता परिदृष्य (हेरौं फोटोफिचर)

काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दोश्रो चरणमा हुने ४५ जिल्लामा मतदान प्रक्रिया सुरु भएको छ । बिहान सातबजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदान हुने प्रक्रिया जारी रहेको छ । बिहान ठुला दलका शीर्ष नेताहरुले समेत मतदान गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि कांग्रेस नेता शेखर कोइरालाले समेत मतदान गरिसकेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलदेखि एमाले नेता शंकर पोख्रेल र माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले पनि मतदान गरिसकेकी छन् । अध्यक्ष दाहालले चितवनबाट मतदान गरेका छन् भने कांग्रेस नेता पौडेल र कोइराला क्रमस तनहुँ र मोरङबाट मतदान गरेका छन् ।

त्यस्तै एमाले नेता पोख्रेलले दाङबाट मतदान गरेका छन् भने भुसालले ललितपुरबाट मतदान गरेकी छन् । त्यस्तै दलका अन्य नेताहरु पनि मतदान प्रक्रियामा भाग लिने क्रम जारी रहेको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङले इलामबाट मतदान गरेका छन् । हेरौं शीर्ष नेताहरुले मतदान गर्दा देखिएका दृष्यहरु । फोटोफिचर ।