सामाजिक सञ्जाल

बम आक्रमणमा सख्त घाईते भएका गगन थापाले फेसबुक लाईभ मार्फत भाबुक हुंदै काठ्माण्डौका जनतालाई यसो भन्दैछन्

काठमाण्डौ । मत माग्न घर दैलो जाने क्रममा चपली हाईटमा आज्ञात समूहको बम आक्रमणबाट घाईते भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले १० बजे राती फेसबुकबाट भिडियो लाईभ गर्दै आफूले कृषि तथा जलस्रोत समितिको सभापति, मन्त्री लगायत पदमा काम गर्ने मौका पाएको र आफूले बिगतमा ईमान्दारीताका साथ कामहरु गरेको हुनाले आफू र आफ्नो क्षेत्रका मतदाताहरुले आफू र आफ्नो टिमलाई मतदान गरी विजयी गराउन अनुरोध गरेका छन् ।
आउदो ५ बर्ष ईमन्दारीतासाथ काम गर्ने दृढ ईच्छा रहेको र प्रजातान्त्रीक संस्कारलाई संस्थागत गराउनुपर्ने, समाबेसी लोकतान्त्रलाई संस्थागत गर्ने, संघीय गणतन्त्रलाई संस्थागत गर्ने कुरा जटिल छन् । शिक्षा र स्वस्थ्य आफ्नो मूख्य एजेण्डा भएकोले सबै नेपालीहरुले शिक्षा र स्वास्थ्यमा पहुंच राख्ने आफूसंग योजना भएको जिकिर गरेका छन् । म्यानुफ्याक्चरिगं र सर्भिस क्षेत्र जे भएपनि आफूले काठ्माण्डौलाई बनाउने, स्थानीय समस्याहरु समेत छन् । यसमा नरोत्तम बैद्य र साधुराम खड्कालाई प्रदेशमा समेत मतदान गर्न अपिल गरेका छन् ।
लोकतान्त्रीक गठबन्धनको तालमेल भएपनि प्रत्येक मतदाताले कायरतापूर्ण रुपमा भएका बम घटनाको पछि नलागी ढुक्क भएर आफूले मन लागेको ब्यक्ती वा पार्टीलाई मतदान गर्न मतदानस्थल जानहुन उक्त क्षेत्रका मतदाताहरुलाई आग्रह गरेका छन् ।
युवाहरुलाई यसो भनेका छन् आउदो दिनमा आफू विजयी भएमा युवाहरुको प्रतिनिधित्व हुने हुंदा असल प्रतिनिधित्व गर्ने ईच्छा भएको हुंदा आफूहरुलाई विजयी गराईदिनहुन आग्रह गरेका छन् । काम धेरै भएकोले उक्त कामलाई सम्पन्न गर्ने आफ्ना योजनालाई कार्यान्वयन गर्ने मौका दिन आग्रह समेत गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूहरुले पार्टी नेतृत्वका कतिपय निर्णहरु मन नपराएपनि मान्न बाध्य हुनुपरेको जिकिर गर्दै भबिश्वमा बृद्धहरुलाई बिस्थापित गर्दै पार्टीको नेतृत्व युवाहरुले गर्ने वातावरण निर्माण गर्ने सम्पूर्ण युवाहरुलाई बिश्वास समेत दिलाउन खोजेका छन् ।