पु.समाचार

बाँदरमुढे घटनाका पीडितसँग पुष्पकमलले गरे तीन बुँदे सहमति

चितवन । बाँदरमुढे घटनाका पीडित र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन बुँदे सहमति भएको छ। वाम गठवन्धनले माडीमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न माडी पुगेका दाहालसँग घटनामा पीडित प्रतिनिधिसँग सहमति भएको हो।

सोमबारको नागरिकमा लेखिएको छ, सहमतिमा घटनामा मृतकका परिवारलाई रोजगार स्वरोजगारको व्यवस्था गर्ने, घाइतेलाई रोजगार, स्वरोजगार वा आवश्यक भत्ताको व्यवस्था गर्ने र १० विघा क्षेत्रफलमा स्मारक बनाउने सहमति भएको छ। सहमतिमा दाहाल र घटनामा पीडित २८ जनाको रोहवरमा पाँच जना प्रतिनिधिले हस्ताक्षर गरेका छन्। घटनामा पीडितहरुको बाँदरमुढे पीडित संघर्ष समिति भए पनि सहमतिमा भने उक्त समिति सहभागि छैन।

२०६२ जेठ २३ गते बाँदरमुढेमा भएकव् एम्भुस विस्फोटमा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए। माओवादी अध्यक्ष दाहाल चितवन क्षेत्रनंम्वर तीनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका छन्।