पु.समाचार

गौचन हत्याका प्रमुख योजनाकार पक्राउ

काठमाडौं  । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई सार्वजनिक गरेको छ।काठमाडौं महानगरपालिका १३ वाफल स्थायी घर भएका २८ वर्षीय समीर मानसिंह बस्नेतलाई सीआईबीले आइतबार सार्वजनिक गरेको हो । बस्नेत भूपु प्रहरीका छोरा हुन् । उनी लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, सीआईबीका अनुसार रुपन्देही एमालेका युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या, दावा लामामाथि गोली प्रहा र निर्माण व्यवसायी गौचन हत्याका मुख्य योजनाकार नै बस्नेत हुन् ।
प्रहरीले सार्वजनिक गरेको विवरण :
घटना 

-मिति २०७३ पौष ४ गते सोमबारको दिन रूपन्देही जिल्ला, देवदह न.पा. खैरहनी स्थित ने.क.पा. ऐमाले निकट यूवा संघका जिल्ला अध्यक्ष वर्ष ४० का दुर्गा तिवारीको गोली प्रहार गरी हत्या ।

– मिति २०७३ चैत्र २९ गते काठमाण्डौ, गौरीघाट स्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’को प्रांगणमा दावा लामालाई ३ गोली प्रहार गरी घाईते पारेको।

-मिति २०७४।०६।२३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष वर्ष ६० को शरद कुमार गौचनको का.जि.का.म.न.पा.वडा नं.३१, नयाँबानेश्वर, प्रयाग मार्गमा गोली हानी हत्या ।

समिरमान तीन घटनाका मुख्य योजनाकार:
नेपालमा भएका विभिन्न अपराधिक घटनाहरू मध्य गुण्डाहरूको संगठित समूहद्दारा सृंखलाबद्द रूपमा माथी उल्लेखित विभिन्न मिति र स्थानमा घटाईएका तीन (३) वटै घटनाको मुख्य योजनाकार का.जि.का.म.न.पा. वाफल-१३, स्थायी घर भई विगत २ वर्ष ६ महिनादेखी नेपाल सरहद बाहिर विभिन्न देशमा बसी नेपालका व्यवसायीहरूलाई धम्क्याई, तर्साई, आतंकित पारी रकम असुल्ने कार्य गर्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीको आधारमा यस ब्यूरोको टोलीले मिति २०७४।०८।१६ गते नारायणघाट,चितवनबाट वर्ष ३४ का समिरमान सिंह वस्न्यातलाई पक्राउ गरिएको छ ।

अनुसन्धानको क्रममा खुल्न आएका तथ्य:
-दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पूर्ण जिम्मेवारी लिएतापनि त्यस घटनाको मुख्य योजनाकार समिरमान सिंह वस्न्यात भएको खुल्न आएको ।

-दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह वस्न्यातको मूख्य सहयोगी व्यक्ति भएको खुल्न आएको ।

-दावा लामालाई गोली प्रहार गरी घाईते बनाएको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङद्दारा अमर बहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरेको ।

-शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङ लामा र मनोज पुन लगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको ।

-समिरमान सिंह बस्न्यात पक्राउ परे पश्चात उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्धन्द्धका कारण मनोज पुन उक्त समूहबाट अलग्गिएको भन्ने खुल्न आएको ।

बरामद सामान
-बसन्त थेबे र धनराज योङहाङ बस्ने घरको परिसरमा राखिएको फुलको गमला भित्र लुकाई छिपाई राखेको हतियार थान-२ ( ८ राउण्ड गोली सहितको 9mm को USP पेस्तोल-१ र २ राउण्ड गोलि सहित कटुवा पेस्तोल- १) ।
-बा.३५प २४६१ को साईन, बा.४६प ४८५३ को निलो पल्सर, बा. ४४प ७७८६ को कालो पल्सर मो.सा. सहित थान-३ ।

गौचन हत्याको मुख्य कारण :
-प्रारम्भिक अनुसन्धानको क्रममा मृतक शरद कुमार गौचनले संचालन गर्दै आएको डांफे कन्स्ट्रक्सनमा share दिने भनि गजुरमुखी कन्स्ट्रक्सनका मूख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत रू.२.५ करोड (दुई करोड पचास लाख) लिएको भन्ने खुलेको ।

-उक्त रकम मध्य समिरमान सिंह बस्न्यातको रू.१ करोड भएको दाबि गरेको ।

-कुमार श्रेष्ठको मृत्यु पश्चातत उक्त सम्पुर्ण रकम बराबरको डांफे कन्स्ट्रक्सनमा share वा रकम फिर्ता गर्न भनि समिरमान सिंह बस्न्यातले पटक पटक माग गर्दा समेत फिर्ता नगरे पश्चात बिबाद उत्कर्षमा पुगेको ।

-वीरगंजदेखी विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २% रकम माग गरेकोमा वेवास्ता गरेको ।

गौचन हत्याकाण्डमा पक्राउ परेका अभियुक्त:
१.समिरमान सिंह बस्न्यात (मुख्य योजनाकार)
२.बसन्त थेवे
३.धनराज योङहाङ
४.राजीव स्याङताङ
५.प्रकाश बुढाथोकी
६.शिवजी महतो
७.मुकेश कुमार पाण्डे
८.सन्तोष गुरूङ

गौचन हत्याकाण्डमा फरार अभियुक्त:
१.मनोज पुन
२.लोप्साङ लामा
३.गंगा प्रकाश लिङदेन
४.श्याम गोम्बे गुरूङ
५.अमर बहादुर रानामगर
६.रोशन बुढाथोकी
७.अजय थापा