सामाजिक सञ्जाल

यस्ता छन् गगन थापाका पछिल्ला प्रतिबद्धता, जसले उनलाई विजयको निकट पुर्याइदियो !

काठमाण्डौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा अहिले चुनावी अभियानमा व्यस्त रहेका छन् । काठमाण्डौ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार रहेका युवा नेता थापा नेपाली कांग्रेसभित्र मात्र होइन बाहिर पनि उत्तिक्कै लोकप्रिय रहेका छन् । केही समय सरकारमा रहेर लोकप्रिय काम गरेका उनले फेरि पनि त्यस्तै काम गरेर देखाउने अभिभारा सुम्पिन भन्दै मतदाताहरुसँग मत मागिरहेका छन् । त्यसैले हामीले यो पटक उनले पछिल्ला हप्ता सामाजिक सञ्जालमार्फत गरेका प्रतिबद्धता र दिएका संकेतहरुलाई यहाँ समेटेका छौ, जसले थापाको जित सुनिश्चित बनाइदिदैछ ।
यस्ता छन् उम्मेद्वार थापाका पछिल्ला प्रतिबद्धताः

…………………………………………………………………….

मन्त्रिपरिषदको आज बसेको बैठकले १२०० मेगा वाटको बूढी गण्डकी जल विद्युत आयोजना स्वदेशी लगानी र प्रविधिको प्रयोग गरि निर्माण गर्ने निर्णय गरि विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको छ | Engineering Procurement and Contribution (EPC) मोडेलमा निर्माण गर्ने भनिएको सो आयोजनाको लगानीको रकमको सुनिश्चितता र खाका तयार गर्न समिति पनि बनाएको छ |
यस सन्धर्भमा मैले २०७२ कार्तिक मा कृषि तथा जलस्रोत समितिमा पेश गरेको प्रस्तुति सापेक्ष हुनसक्छ | सो प्रस्तुतीमा मैले विद्युत नेपाली लगानीमा बनाउन सम्भव छ र त्यो गर्ने कस्तो आर्थिक मोडेल अपनाउन सकिन्छ भन्ने बारेमा आफ्नो अध्यनमा आधारितद धारणा राखेको थिएँ |

……………………………………………………………………………..

म महिला अधिकार र हित लागि सधै काम गर्दै आएको छु। आज अन्तराष्ट्रिय महिला विरुद्ध हुने हिंसा अन्त्य दिवस परेको छ। म आफ्नो तर्फ बाट महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न तत्परताका साथ काम गर्न प्रतिबद्ध छु।
तपाईहरु सबैलाई आग्रह गर्न चाहन्छु, आउनुस हामी संगै संकल्प गरौँ कि हामी हाम्रो तर्फबाट महिला विरुद्ध हुने कुनै पनि प्रकारको हिंसा अन्त्य गर्न सक्दो प्रयास गर्नेछौँ।

………………………………………………………………………………………..

समुन्नत नेपाल निर्माणको बृहत्तर आदर्शका साथ सबैका लागि न्याय, स्वतन्त्रता र समानताको पक्षमा अविचलित लागि रहने प्रण गर्दै आगामी मंसिर २१ गते सम्पन्न हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा तपाईंको सामु उपस्थित भएको छु ।
म संघीय लोकतान्त्रिक संविधानको जगमा नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउनका निम्ति तपाईंसँगै अग्रमोर्चामा कटिबद्ध रहनेछु, जसका लागि मलाई तपाईंको मार्गदर्शन, भरोसा र विश्वास चाहिएको छ ।

…………………………………………………………………………………………….

सडक तथा सहरी पूर्वाधार निर्माणको प्रक्रिया, विधि र नीतिमा केही आधारभूत समस्या छन् । ति समस्याको नीतिगत र राजनीतिक समाधान खोज्नुपर्छ। हामीले देखे–भोगेका समस्या केवल रोगका लक्षणमात्र हुन् । यसमा सार्वजनिक खरिद कानुन, विवाद व्यवस्थापन, सार्वजनिक–निजी साझेदारी, सडक बोर्डअन्तर्गतको कोष तथा राजस्व प्रणालीलगायतका विभिन्न विषय जटिल रूपमा जोडिएका छन् । सहरी पूर्वाधार निर्माणलाई गुणस्तरीय, प्रतिस्पर्धी र समयमै सम्पन्न हुने बनाउन हाम्रो सहरी पूर्वाधार निर्माण र सञ्चालनको मोडालिटमै परिवर्तन गर्नु जरुरी देखिन्छ ।सडकमा सबभन्दा पहिले पैदलयात्रु अनि साइकलयात्रु त्यसपछि सार्वजनिक सवारी, अनिमात्र निजी सवारी साधनको अधिकार रहनुपर्छ।

…………………………………………………………………………………………

आम मानिसको जीवन संग अभिन्न ढङ्गले जोडिएका स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्ने दायित्व राज्यको हुनुपर्छ भन्ने म ठान्दछु । शिक्षा र स्वास्थ्यमा भएको विभेदले कालान्तरमा व्यक्तिका अवसर प्राप्तिमा ठूलो असर पार्दै झन् विभेदपूर्ण समाजको निर्माण हुन्छ र केही सीमित मानिस वा वर्गको मात्र सेवा पाइरहने छन् । विगत ५ वर्षमा मैले यहि मान्यताका साथ सार्वजिनिक शिक्षा र स्वास्थ्यमा काम गरेको छु | म अबको ५ वर्ष पनि सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रभावकारी र गुणस्तरीय बनाउने अभियानमा म दृढ संकल्पका साथ लाग्नेछु ।