राजनीति

संविधानको रक्षार्थ काँग्रेसले जित्नै पर्छः नेता गच्छदार

इटहरी । उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र, शान्ति, समाजवाद र संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिलाई विजय गराउन आग्रह गरेका छन् ।

पत्रकारहरुसंग कुराकानी बरिष्ठ मन्त्री गच्छदारले गर्दै आर्थिक समृद्धिका लागि अबको निर्वाचन काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिको पक्षमा आवश्यक रहेको बताएका छन् ।

सुनसरी क्षेत्र नं ३ अन्तर्गत दुहवी नगरपालिका क्षेत्रको भलुवा, सोनापुर, मधेली गाउँमा बिहीबार आयोजित चुनावी सभामा उनले भने –“संविधानको रक्षा र आर्थिक समृद्धिका लागि अबको निर्वाचन काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिको पक्षमा आवश्यक रहेको छ । ”

नेपाली काँग्रेसका नेतासमेत रहेका उपप्रधानमन्त्री गच्छदारले अहिले वाम गठबन्धनका नाममा भएको अस्वस्थ राजनीतिक मिलन नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र विरुद्धको खतरनाक षडयन्त्रका रुपमा भएको हो कि भन्ने आशङ्का बढिरहेको उल्लेख गर्दै अब काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन चित्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ भने ।

मुलुकको समृद्धिका लागि विकास निर्माणको पूर्वाधार बनेको र सबै नेपालीले उपभोग गर्दै आएका आधारभूत सुख सुविधा काँग्रेसकै अग्रसरतामा भएको चर्चागर्दै उनले भने – “नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकार रक्षाका लागि पनि लोकतन्त्र पक्षधरको पक्षमा अभिमत आउनै पर्ने आवश्यकता खडिएको छ ।”