पु.समाचार

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र एआइजी चन्दबीच बोलचाल बन्द, प्रधानमन्त्री देउवाले गरे अब यस्तो तयारी !

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले दोश्रो चरणमा हुने मंसिर २१ को चुनावलगत्तै प्रहरी नेतृत्व परिवर्तन गर्ने भित्री तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले चुनावलगत्तै नेपाल प्रहरीका आईजी प्रकाश अर्याललाई परिवर्तन गरी एआईजी जयबहादुर चन्दलाई आईजी बनाउने तयारी गरेका हुन् ।

पूर्वआईजी उर्पेन्द्रकान्त अर्यालको अवकाशसँगै चन्दलाई आईजी बनाएका देउवाले आफ्नो वाचा पूरा गर्न चुनाव लगत्तै चन्दलाई आईजी बनाउन लाग्नुभएको बताइएको छ ।

केही समय अगाडी नै प्रधानमन्त्री देउवाले आईजी प्रकाश अर्याललाई राजीनामाको लागि दबाब दिँदै आएका थिए । चुनावको मुखमा आईजी परिवर्तन गर्दा गलत म्यासेज जाने र प्रतिपक्षले यसलाई नै मिडियाबाजी गर्ने हुँदा तत्काल आईजी परिवर्तन गर्न नहुने अन्य नेताको सहल्लाह पश्चात देउवा पछि हटेका थिए ।

तर अबको सरकार बाम गठबन्धनको बन्ने निश्चित जस्तै देखिएपछि राजीनामा दिनु अगाडी नै चन्दलाई आईजी बनाएर प्रधानमन्त्री देउवाले बालुवाटार छाड्ने तयारी गरेका हुन् । आईजी प्रकाश अर्यालाई राजीनामा दिन लगाउने नमानेको खण्डमा प्रधानमन्त्रीको सुरक्षा सहल्कारमा सरूवा गरेर चन्दलाई आईजीको फूली लगाउने निर्णय प्रधानमन्त्री देउवाले गरिरहनुभएको श्रोतको दाबी रहेको छ ।

उता आईजीको फूली लगाएदेखि नै राजनीतिक दबाबमा पर्दै आएका आईजी अर्याल र एआईजी चन्दको हाल बोलचालीनै बन्द भएको छ । एक महिना अगाडी सचिवालयमा भएको एक मिटिङमा आईजी अर्यालले एआईजीहरूको सात्तो खाँदै आफ्नो मोबाईल भूईमा बजारेका थिए ।

केही महिनाअघि भाग्यले आईजी बनेका अर्याल र चन्दबीच ६–६ महिना आईजी बन्ने सहमती भएको थियो । त्यहि सहमतिअनुसार चन्दले अर्याललाई आईजी बनाउन देउवालाई मनाएका थिए । तर पछिल्लो समय अर्यालले राजीनामा दिन अस्वीकार गरेपछि चन्द र अर्यालबीचको सबन्धमा तुषारो पलाएको बताइएको छ ।
अर्याललाई आइजी बनाउुअघि डिआइजी नवराज सिलवालको विषयमा ठूलै काण्ड मच्चिएको थियो ।

सिलवाललाई आइजीपी बनाउनुपर्ने भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर त्यही बीचमा सिलवाल, अर्याल र चन्दको बीचमा कार्यसम्पादन मूल्यांकन गरिएको नाममा अर्याललाई आइजीपी बनाइएको थियो ।