पु.समाचार

चीनलाई नयाँ प्रस्ताव पठाउँदै नेपाल

काठमाण्डौ । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन गर्न प्राविधिकरुपमा उपयुक्त देखिएको छ। नेपाल विद्युत प्राधिकरणले गरेको स्थलगत अध्ययनबाट प्राविधिकरुपमा सम्भव देखिएको हो।

प्राधिकरणको उक्त अध्ययनपछि पराराष्ट्रमार्फत चीन सरकारलाई पठाउने तयारी उर्जा मन्त्रालयले गरेको छ।

बिजुलीको आयात तथा निर्यात भारततर्फमात्र हुने गरेकोमा त्यसको बिकल्पको रुपमा चीनतर्फको प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा परेको छ। तर यसको लागत भने एकिन भएको छैन।

बिहीबारको नागरिकमा लेखिएको छ, चिनियाँ पक्षसँग सन् २०२० सम्म २ हजार मेगावाट बिजुली बढी हुने भएकोले उत्तः बिजुली नेपालमा ल्याउने योजना अनुसार प्रासारण लाइनमा नेपालले जोड दिँदै आएको छ।