खेलकुद

रियल मर्डिडलाई दबाब दिन बार्सिलोनाले गर्यो यस्तो भित्री तयारी

एजेन्सी । स्पेनिस ला लिगा फुटबल लिडर बार्सिलोनाले यो सिजन आफ्नो प्रभावशाली खेल देखाइरहेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेगानेसलाई ३-० ले हराएर बार्सिलोना डिफेन्डिङ च्याम्पियन रियल मड्रिडभन्दा १० अंकले अघि छ ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको १२ खेलबाट ३४ अंक भएको हो । यस्तोमा बार्सिलोना र रियल मड्रिडबीच हुने खेल धेरैको प्रतिक्षाको विषय बनेको छ । दुबै टिमका भरपर्दा केही खेलाडी चोटका कारण मैदानबाहिर छन् ।

बार्सिलोनालो आउँदो डिसेम्बरमा हुने क्लासिकोका लागि उसमान डेम्बेलेलाई मैदान उतार्ने तयारी गरिरहेको छ । नेइमार पिएसजी गएपछि बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई बार्साले क्लब भित्र्याएको थियो ।

केहीसमयमै घाइते भएर डेम्बेले मैदानबाहिर रहे । डेम्बलेलेको खेल कौशलले रियल मड्रिडमाथि दबाब बनाउन सकिने भन्दै बार्सिलोनाले क्लासिकोसम्म उनलाई आराम दिने भएको हो ।

डेम्बेले अहिले बार्सिलोनासँग क्लोज क्याम्प प्रशिक्षणमा भने सहभागी भइरहेका छन् । यसैले रियल मड्रिडको होम ग्राउण्डमा डिसेम्बर २३ मा हुने खेलका लागि डेम्बेलेलाई तयार पार्ने बार्सिलोनाको तयारी रहेको छ ।

बार्सिलोनाले डेम्बेलेलाई १ सय ५ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनी विश्वका दोस्रो महंगा खेलाडी हुन् । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको छ ।