राजनीति

संविधान कार्यान्वयन गर्न काँग्रेसको सरकार आवश्यक : नेता खाँण

ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पु¥याउने र नेकाको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दावि गरे।
संयोजक खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको चर्चा गर्दै वामगठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाए ।
सो अवसरमा नेकामा प्रवेश गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कपिल थापालाई संयोजक खाँणले स्वागत गरेका थिए ।