अन्तर्राष्ट्रिय

मुगावेको भविष्य निर्क्योल गर्न आइतबार महत्वपूर्ण दुई बैठक बस्दै

एजेन्सी ।  जिम्बाब्वेमा आइतवार दुईवटा महत्त्वपूर्ण बैठकहरु बस्न लागेका छन्, जसले राष्ट्रपति रोबर्ट मुगाबेको भविष्यबारे निर्क्योल गर्न सक्छन्।

अबका केही घण्टामा मुगाबेले गत बुधवार सत्ता हत्याएका सेनाका वरिष्ठ अधिकारीहरुसँग वार्ता गर्नेछन्, जहाँ उनीहरुले मुगाबेलाई राजीनामा दिन आह्वान गर्ने अपेक्षा गरिएको छ।

सत्तारुढ जानु-पीएफका नेताहरुले मुगाबेलाई पार्टी प्रमुखबाट हटाउने विषयमा पनि छलफल गर्नेछन्।

राष्ट्रपतिको राजीनामा माग गर्दै शनिवार जिम्बाब्वेका प्रमुख शहरहरुमा व्यापक प्रदर्शनहरु गरिएका खबरका माझ ती बैठकहरु बस्न लागेका हुन्।