आर्थिक

सत्र केजी सुन बरामद

रसुवा । चीनसँगको रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

बा ११ च ७९ १८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो ।

रसुवाका प्रहरीका अनुसार शनिबार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।
गाडीले चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा गाडीबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुन र गाडी कसको हो रु भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।