राजनीति

द्वन्द्व व्यबस्थापन र संबिधान निर्माणका कारण बिकासका काम हुन सकेन :  नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले लोकतान्त्रिक, समावेशी सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी मिलेको बताएका छन् ।

देश र जनताका लागि बुबा आमाको संघर्ष देखेर नै आफू राजनीतिमा आएको बताउँदै उनले आफ्नो भित्री इच्छा असल नेताको रुपमा स्थापित हुन चाहेको बताए ।

चुनावी घरदैलोका क्रममा आज क्षेत्र नं १ को शंखमुल क्षेत्रमा भएको भेलामा उनले असल नेताको रुपमा देशको आर्थिक विकासमा योगदान गर्ने आफ्नो मनोकांक्षा रहेको धारणा राखेका हुन् ।

नेता सिंहले आफ्नो क्षेत्रको मात्र नभई सिंगो काठमाडौँलाई स्वच्छ र सफा राख्दै सांस्कृतिक पर्यटनलाई अगाडि बढाउने योजना रहेको बताए ।

उनले भने, “विपक्षीलाई पटकपटक सविधान जारी गर्न भनी नेतृत्वको अवसर मिलेकै हो तर संविधान जारी नभएपछि काँगे्रसले नै नेतृत्व गरेर सविधान जारी भयो । सशस्त्र द्वन्द्व तथा नयाँ सविधान जारी गर्ने कामले विकास निर्माणका काम अपेक्षाकृत गतिमा हुन नसकेकाले त्यसलाई पूरा गर्न पुनः रुखमा भोट दिनुहोस् ।”