सूचना प्रविधि

नेपालमा सामसुङ कम्पनीले बढायो सक्रियता

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले विगतका केहीवर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व(CSR Initiatives) अन्तर्गत नेपाली जनताहरुलाई सहयोग गर्दै आएको छ । हालै, सामसङ (दक्षिण कोरिया) ले विभिन्न CSR परियोजनामध्ये Samsung Employee Volunteer Program आयोजना गरी नेपाली युवाहरुलाई सूचनाप्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसकालागि सामसुङ कोरियाबाट २६ जनाको टोली समेत नेपाल आएका थिए ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यसहित, सामसुङ टिमले उनीहरुको लागि ग्राफिक डिजाइनिङ्ग र फोटोसप सम्बन्धी विशेष तालिम पनि प्रदान गरेको थियो । यसबाट महिला उद्यमशीलताको मात्र विकाश हैन उनीहरुको भावी जीवननै विशेष उपलब्धिपूर्ण हुने विश्वास सामसुङले लिएको छ ।
सामसुङ टिमको प्राविधिक समुहले नेपालका करिब सय विद्यार्थी र विभिन्न सातवटा स्कुलका दशजना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो । यसको लागि आवश्यक पर्ने IT equipment हरु तथा अन्यआवश्यक पर्ने टेनिङ्ग म्याटेरियलहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो र त्यसपछि विद्यालयमा प्रदान समेत गरिएको छ । यसबाट करिब सात हजार भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसुङले लिएको छ ।

त्यस्तै खालको Training प्रोग्राम अफ्रिकाका मुलुकहरुमा पनि गरिएको थियो यस्तो कार्यक्रम त्यहाँ सफल मात्र भएन, ट्रेनिङ्ग लिएका व्यक्तिहरुको जीवननै बदलिएको सो कम्पनीले जनाएको छ । त्यसैले नेपालमापनि यो उपगोगी सिद्ध हुने जनाइएको छ ।

त्यस्तै सामसुङकै आयोजना अन्य विभिन्न कार्यक्रमहरु समेत सम्पन्न भएका छन् । केही दिनअघि एउटा वर्क शप सो समेत सम्पन्न भएको थियो ।

यो वर्कशप नोभेम्बर महिनाको ११ तारिखदेखि १७तारिखसम्म सञ्चालन गरिएको थियो । स्थानको छनौट गर्ने सिलसिलामा ज्ञान सिन्धु एकेडेमीलाई छनोट गरिएको थियो ।

ज्ञानसिन्धु एकेडेमीमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा कक्षा७ र ८ काविद्यार्थीहरुलाई एम एस वर्ड र ९ कक्षाका २६ विद्यार्थीहरुलाई तथाअन्य स्थानीय उच्चमा.वि.का विद्यार्थीहरुलाई समेत सहभागी गराई HTML सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । अन्य आमन्त्रित उच्च माविका विद्यार्थीहरुलाई महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रशिक्षण दिइएको थियो ।

सामसङ टिमलेअन्य स्थानीय स्कुलका समेत १० जनाप्रशासनसँग सम्बन्धित कर्मचारीहरुलाई एमएस एक्सल सम्बन्धी तालिम तथा १० जना शिक्षकहरुलाई एमएस प्वावर प्वाइन्ट सम्बन्धी तालिम प्रदान गरेको थियो । साथै विद्यालय समय पश्चात् कक्षा सकिए पछि सामसङ टिम भित्ते चित्रकला (Mural Painting) सहभागी पनि भएको थियो । यो कार्यले कोरिया र नेपालबीचको सम्बन्धलाई अझ बढी बलियो बनाउँदै उपब्धिपूर्ण हुने विश्वास सामसुङको रहेको छ ।

नयाँ पुस्तालाई प्राविधिक रुपमा सक्षम बनाउने उद्देश्य सहित विगतका केहीवर्षहरुदेखि सामसङले विभिन्नकार्यहरु गर्दै आएको छ । त्यस्तै सिलसिलामा पाँचवटा स्कुलहरुमा स्मार्ट कक्षाहरुको स्थापना गरेको छ । चारवटा उपत्यकाभित्र, आदर्श कन्या निकेतन, हाइयर सेकेन्डरी स्कुल–छात्रा विद्यालय, प्रभात सेकेन्डरी स्कुल, ज्ञानोदय, नेपाल आदर्श सेकेन्डरी स्कुल तथा कासीश्री विरेठाँटी सेकेन्डरी स्कुल रहेका छन् । सामसङले ३५०० भन्दा धेरै पाठ्य पुस्तकहरु श्री सुन्दी सेकेन्डरी स्कुललाई प्रदान गरेको छ ।