खेलकुद

सुमन गोल्डकप फुटबल पुसमा हुने

काठमाडौँ । सुमन भोम्जन मेमोरियल स्मृति हेटौँडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आगामी पुसमा हुने भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म हेटौंडामा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।
उहाँका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका तीन विभागीय टोलीसहित ६ टोली, एक आयोजक तथा भुटान र भारतमध्येको एक टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु तीन लाख पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार प्राप्त गर्ने छन् । हरेक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार प्राप्त गर्नेछन् ।
स्व खेलकुद पत्रकार सुमन भोम्जनको विस २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पमा परी मृत्यु भएको थियो ।