आर्थिक

भोजपुरमा यामाहा बाइकको शोरुम

भोजपुर । भोजपुर सदरमुकाममा यामाहा मोटरसाइकलको शोरुम (विक्री कक्ष) खुलेको छ । पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारिक हिसाबले अगाडि बढाउन निर्मला ट्रेडर्स एण्ड सप्लायर्सले यो सुविधा ल्याएको हो । जिल्लालाई व्यावसायिक र आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले शोरुम ल्याइएको शोरुमका सञ्चालक विमल रणपहेलीले बताए ।

शोरुममा यामाहा मोटरसाइकलको एक्सचेन्ज र पुरानो बाइकलाई मर्मतसमेत गरिने जनाइएको छ । शोरुम उद्घाटनको अवसरमा जुनसुकै मोडलका पुरानो बाइक लिएर अरु नयाँ यामाहा मोडेलको एक्सचेन्ज गर्न सकिने र सात हजार छुट र एउटा कार जित्न सक्ने अफरसमेत रहेको सञ्चालकको भनाइ छ ।

पहाडी जिल्लामा यति ठूलो खर्चमा बाइकको शोरुम उद्घाटनसँगै स्थानीय हर्षित भएका छन् ।