राजनीति

गुटबन्दी अन्त्य गरेमात्रै काँग्रेसको बहुमत : नेत्री कोइराला

विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताएकी छिन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर हिँडेमा मात्र जनताले काँग्रेसलाई विश्वास गर्ने धारणा व्यक्त गरिन् ।

नेत्री कोइरालाले वाम गठबन्धनका कारण आगामी निर्वाचनबाट नेपाली काँग्रेसलाई बहुमतको सरकार निर्माण गर्न अप्ठ्यारो रहेको चर्चा गर्दै पार्टीले जनतासमक्ष आफ्नो आगामी दिनमा गर्ने कार्यको मार्गचित्र प्रष्टसँग राखेमा मात्र बहुमत आउने विश्वास व्यक्त गरिन् । उनले पार्टीभित्र रहेको विवाद समाधान गर्न नेतृत्वले सही निर्णय लिनुपर्ने आवश्यकता औँल्याईन् ।

पुर्व उपप्रधानमन्त्रिसमेत रहेकी नेपाली काँग्रेस केन्द्रीय सदस्य नेत्री कोईराला बिरामी भएको कारण मिडियामा कम आएपनि सोमबार गम्भिर हुँदै आफ्नो धारणा राखेकी थिइन् ।