मनोरञ्जन

यी सुन्दरी युवतीलाई ड्राइभरले भगाएपछि…! (भिडियोसहित)

काठमाण्डौ । गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन।

जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ ।

भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् ।