अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच छलफल, आफु अपमानित भएको ट्रम्पको टिप्पणी !

एजेन्सी । अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले आफुले अपमानित महसुस गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनमा पुटिनसँगको संक्षिप्त भेटपछि उनले त्यस्तो धारणा राखेका हुन्।

भेटमा पुटिनले हस्तक्षेपका आरोपहरुलाई हाँस्यास्पद भनी टिप्पणी गरे। न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरुमाथि छानबिन गरिरहेको छ।

छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरुको नाम पनि तानिएको छ। ट्रम्पले सम्मेलनको क्रममा पुटिनसँग दुई वा तीनपटक संक्षिप्त कुराकानी भएको बताए।

हनोइ जाने क्रममा आफू चढेको विमानमा संवाददाताहरुसँग कुरा गर्दै उनले भने, उनले (पुटिन) आफूले हस्तक्षेप नगरेको बताए। मैले फेरि सोधेँ।

आरोपहरुका कारण पुटिनले अपमानित महसुस गरेको आफूले विश्वास गरेको र त्यो आफ्नो मुलुकका लागि राम्रो नभएको ट्रम्पले बताए।