खेलकुद

अर्जेन्टिनाद्वारा रुस पराजित

एजेन्सी ।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी अन्तर्गत भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । विश्वकप आयोजक रुससँग शनिबार राति भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो ।

मस्कोमा भएको खेलमा  भ्रमण टोली अर्जेन्टिनालाई जिताउन खेलको अन्तिम समयमा सर्जिओ अग्युरोले गरेको गोल नै निर्णायक बन्यो । लियोनल मेस्सीसहितको टिम अर्जेन्टिनाले रुसलाई खेल अवधिभर दबाबमा राखेको थियो ।

अर्जेन्टिनाले गोल गर्ने प्रयास निकै गरेको  भएपनि गोलका लागि भने खेलको अन्तिम समय पर्खिनु प¥यो । अग्युरोले दोस्रो प्रयासमा ८६ औं मिनेटमा टिमका लागि विजयी गोल गरे ।

गएको अक्टोबर ११ मा भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत अन्तिम खेलमा मेस्सीको  ह्याट्रिमकको मद्दतमा इक्वेडरलाई ३–१ ले हराएर अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो । आयोजक रुसले गभने  गएको जुनमा भएको कनफेडेरेशन कपमा खराब प्रर्दशन गरेको थियो । अहिले पनि प्रदर्शनमा खासै सुधार गरेको देखिएको छैन ।