तस्विरहरु

गगन थापाले यसकारण चुनाव जित्छन, हेरौं रोमाञ्चक सात तस्वीर ! (फोटोफिचर)

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापा यसबेला चुनावी अभियानमा व्यस्त छन् । थापा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षबाट चुनाव लड्दैछन् । नेपाली कांग्रेसभित्र मात्र होइन बाहिर समेत निकै लोकप्रिय रहेका थापा आफ्नो क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा स्थापित रहेका छन् ।

काठमाण्डौ चार नम्बर क्षेत्रमा युवादेखि वृद्धवृद्धाहरुमा समेत निकै लोकप्रिय रहेका नेता थापाको एमाले नेता राजन भट्टराईसँग प्रतिस्पर्धा हुँदैछ । ‘गगनलाई चार नम्बर क्षेत्रका युवादेखि बृद्धबृद्धारुहरुले समेत निकै सम्मान र आफ्नै दाई–भाई र छोरोजस्तै मान्छन्, त्यसैले उनले चुनाव नजित्ने कुरै छैन’ रातोपुल क्षेत्रका एक वृद्धले बताए ।

पूर्वमन्त्री समेत रहेका उनलाई यसअघि सरकारमा जाँदा गरेका कामका आधारमा समेत मतदाताहरुले चुन्ने स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरु बताउँछन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले त्यहाँ रहँदा निकै राम्रो काम समेत गरेका थिए ।

त्यसैले यो पटक हामीले युवा नेता थापाको चुनावी अभियानमा देखिएका रोमाञ्चक र लोकप्रिय तस्वीहरुलाई यहाँ स्थान दिएका छौ । हेरौं नेता थापा चुनावी अभियानमा खट्दा देखिएको रोमाञ्चक सात तस्वीर । (फोटोफिचर)