मनोरञ्जन

के बाहुबलीका कलाकार प्रभासले अनुष्कालाई मन पराएकै हुन् ? यसरी फैलियो एक्कासि यस्तो हल्ला !

एजेन्सी । पछिल्लो समय चलचित्र बाहुबलीका कलाकारद्धय प्रभास र अनुष्का शेट्टी प्रेम सम्बन्धमा रहेको र छिट्टै उनीहरु बिवाह बन्धनमा बाधिन लागेको खबरहरु भाईरल भैरहेका छन् । उनीहरु यहि डिसेम्बरमा बिवाह गर्ने तयारी गरिरहेका खबरहरु पनि बाहिरिएका छन् । तर प्रभास र अनुष्काले भने यस खबरलाई हल्लाको संज्ञा दिईरहेका छन् ।

प्रभास र अनुष्का बच्चैदेखिका साथी हुन् । उनीहरुको परिवार पनि एक अर्कासँग निकट छन् । बाहुबलीको सफलतासँगै प्रभास र अनुष्का प्रेम सम्बन्धमा रहेको खबरहरु बाहिरिएको थियो । बाहुबली छायांकनको समय आएका ६ हजार प्रेम प्रस्ताव अस्वीकार गरेका प्रभासले भने अनुष्कासँगको सम्बन्ध पनि अस्वीकार गर्दै आएका छन् ।

प्रभासले खाफु र अनुष्काबीच असल साथीभन्दा माथिको सम्बन्ध नरहेको बताउदै आएका छन् । अनुष्काले पनि तत्काल आफ्नो बिहेको सम्भाबना नरहेको बताएकी छिन् ।

उनीहरुको अभिनय रहेको साउथ इण्डियन चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गर्ने गरेका छन् । रिलमा रुचाईएको जोडिको रियल लाईफमा पनि जोडि बाधेको हेर्ने उनीहरुको फ्यानको चाहना पुरा होला नहोला अहिले नै यसै भन्न नसकिने बलिउड चलचित्रकर्मीहरुको भनाई छ ।