राजनीति

संबिधानको रक्षा र राष्ट्र निर्माणका लागि मेरो उमेर्द्वारी : नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त गरेका छन् ।

झापाको भद्रपुरस्थित सिटी गार्डेनमा आज पत्रकारसँग भेटघाट गर्दै उनले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर मत मागेको थिएँ, त्यो काम पूरा गरेकाले नै जनताले आफूलाई यस क्षेत्रबाट प्रतिनिधि बनाउने विश्वास व्यक्त गरे ।

उम्मेदवार सिटौलाले संघीय प्रणालीमा मुलुक गइसकेपछि पहिलो निर्वाचनमा समृद्ध राष्ट्र निर्माण गर्न र जनताको संविधानलाई संस्थागत एवं संरक्षण गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न रू तीन अर्ब ५० करोडभन्दा बढी रकम राज्य कोषबाट विनियोजन गराएको जानकारी दिए ।