समाचार

आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा शव भेटियो

भक्तपुर । भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा आज एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गरेको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए ।

घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उनले बताए ।