समाचार

लागु औषध चरेस २ किलो सहित युक्रेनी नागरिक पक्राउ !

काठमाण्डौ । आज मिति २०७४/०७/२१ गते १३:०० बजेको समयमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागु अाैषाध सहित एक जनालाइ पक्राउ गरेकाे छ ।

भूवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाण्डौंबाट जेट एयर वेजको ६५२ नं.को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक पासपोर्ट नं. FG921781 का वाहक बर्ष ४२ को OLEKSII LOLENKO को सुटकेश चेकजाँच गर्ने क्रममा निजले बोकी ल्याएको सुटकेश भित्र रहेको स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको २ (दुई) किलो लागु औषध चरेश फेला परेकोले निजलाई पक्राउ गरी लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट थप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारीको लागि अनुरोध गराउँछौ ।