सामाजिक सञ्जाल

यसरी बढ्दैछ सामाजिक सञ्जालमा चुनावी प्रचार–प्रसार

काठमाण्डौ । तपाईको एक भोट देश बदल्न काफी छ, विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले ट्वीट् गरे । साताअघि मन्द मुस्कानयुक्त तस्विरसहित लेखिएको यो पंक्ति २ सय २१ ले रिटिव्ट गरिसकेका छन् भने ९ सय ९७ ले मन पराएका छन् । ४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् ।

संयोजक मिश्र र विवेकशील साझाका अन्य उम्मेदवारले यी र यस्तै खालका दर्जर्नौ नारा बनाएर ट्वीट गरिरहेका छन् । फेसबुक , ईन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत घण्टाघण्टामा यस्ता पोस्ट गर्ने क्रम बढिरहेको छ भन्दै बुधबारको कान्तिपुरमा समाचार लेखिएको छ ।