राजनीति

आज संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्दै वाम गठबन्धन

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आज संयुक्त रुपमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सो गठबन्धनले राजधानीको तिनकुनेस्थित रोयल ब्यांकेटमा आयोजित कार्यक्रममार्फत संयुक्त घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने बताइएको छ ।
घोषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याभउने उल्लेख छ ।
विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्यािउने गरी आर्थिक र विकासका योजना पनि घोषणापत्रमा समेटिएको छ ।
एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।

बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय कार्यक्रमलाई वाम गठवन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् ।