मनोरञ्जन

यि हुन् प्राईभेट जेटमा यात्रा गर्ने १६ बर्षे अर्बपति यूवा, विज खलिफा देखी सलमान खान सम्म साथी !!

सायद यो कुरा सुनेर तपाईलाइ आश्चर्य लाग्ला कि मात्र १६ बर्ष पुगेका यूवाको यस्तो मस्ति ?? हो, राशिद बेल्हासा संसारकै धनि बच्चाहरु मध्य एक हुन् । उनी आफ्नै जेटमा चढेर लामो यात्रा गर्छन भने छोटो यात्रा फरारी कारमा गर्ने गर्छन् । मनि किक्सको उपनामले चिनिने उनी दुवाईका चर्चित निर्माण व्यवसायी तथा अर्बपति सैफ अहमद बेल्हासाका छोरा हुन् । पढाइमा ब्यस्त हुनुपर्ने उमेरमा उनी बिभिन्न देशका चर्चित सेलिब्रीटिहरु सँग ब्यस्त रहन्छन् ।
चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो, मेस्सि, नेइमार, ओजिल आदि जस्ता खेलाडीहरु सँग बेला–बेला भेट गरेर ईन्स्टाग्रामा फोटो अप्लोड समेत गर्छन उनी । प्राय उनी बलिउडका दबंग सलमान खानसँग आफ्नो अमूल्य समय बिताउँछन् ।

भनिन्छ सेलिब्रिटीहरुले पनि उनको एजेन्डसँग अपईन्टमेन्ट लिएर मात्र उनलाइ भेट्न पाउँछन् ।

एक वेबसाइटलाई अन्तरवार्ता दिँदै रशिदले भने, ‘अमेरिकी र्यान्पर विज खलीफा पनि मेरा साथी हुन् । स्टीक अओकी पनि मेरा साथी हुन् । उनीहरु सबै हाम्रो फर्ममा आउँछन् । तर, कहिलेकाहीँ मैले सेलिब्रिटीहरुलाई आउन रोक्नुपर्छ किनकी मसँग समय हुँदैन र म एकदम थाकेको हुन्छु ।’
उनको ‘मनि किक्स’ नामको आफ्नै यूट्यूब च्यानल छ भने ईन्स्टाग्राममा ८ लाख भन्दा ज्यादा फलोअर्स छन् ।