खेलकुद

संकटा सेमिफाइनलमा

नवलपरासी । यहाँ जारी राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आजको खेलमा संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

संकटाले वीरगन्ज युथ क्लबलाई २–० गोल अन्तरले हराएको थियो । संकटाको जीतमा ४३ र्औ मिनेटमा सजिन थापा र ४९ औँ मिनेटमा माटिन अजाजीले एक एक गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र संकटाले खेल जित्यो । आइतबार देशभक्त फुटबल क्लब नवलपरासी र एपिएफ काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।