खेलकुद

यस्तो दाउ गर्दैछ रियल मर्डिड

एजेन्सी । स्पेनिस फुटबलका दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिडबिच खेलमा मात्रै होइन खेलाडी अनुबन्धमा पनि प्रतिस्पर्धा हुने गरेको छ । दुवै क्लब विश्वका उत्कृष्ट खेलाडी आफ्नो क्लब भित्र्याउने होडमा हुन्छन् ।

बार्सिलोनाले गएको ट्रान्फर विन्डोमै लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होलाई भित्र्याउने प्रयास गरेको थियो । तीनपटकसम्मको प्रयासमा पनि बार्सिलोना कोन्टिन्होलाई क्लबमा ल्याउन असफल भएको थियो । जनवरी विन्डोमा भने बार्सिलोना ब्राजिलियन कोन्टिन्होलाई जसरी पनि क्लब ल्याउने धुनमा छ ।

तर यो होडमा अब रियल मड्रिड पनि आएको छ । रियल मड्रिडले कोन्टिन्होलाई क्लब भित्र्याउन एक सय ३२ मिलियन पाउण्ड स्ट्रर्लिङ तिर्न तयार रहेको जनाएको छ ।

यसका लागि रियल प्रशिक्षक जिनेदिन जिदान  रियल टोटनह्यामका २१ वर्षे डेल अलीलाई पनि क्लब भित्र्याउन चाहन्छ । बार्सिलोना प्रशिक्षक एनेस्तो वाल्वेर्डेले क्लबको जिम्मेवारी सम्हालेदेखि नै कोन्टिन्होलाई प्रमुख टार्गेट खेलाडीको रुपमा राख्दै आएका छन् ।