विशेष

यसरी ह्वात्तै उठ्दैछ कांग्रेसको पक्षमा चुनावी माहोल, एक्कासि देखापर्यो कसैले नसोचेको संकेत !

काठमाण्डौ । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुन पार्टीले बहुमत ल्याउला भन्ने बहसले नेपाली राजनीतिक रंगमञ्च तात्न सुरु गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चर्को प्रतिस्पर्धा देखिदैछ । वामहरुको एकता भइरहँदा नेपाली कांग्रेसमा मुलुककै प्रभावशाली उद्योगपतिदेखि दर्जनौ राजनीतिक दलका नेताहरु प्रवेश गर्ने लहर चलेको छ ।

त्यस्तै वाम गठबन्धनमा पनि त्यो खालको लहर चलिनै रहेको छ । तर वाम गठबन्धनमा विपरित पार्टीबाट प्रवेश गर्नेहरुको लहर सुन्य जस्तै देखिएको छ भने कांग्रेसमा प्रवेश गर्ने नेताहरुको लहर बढ्दो देखिएको छ । मधेसबाट उठेर केन्द्रीय राजीतिमा दशकौंसम्म प्रभाव पार्ने नेता विजयकुमार गच्छदारदेखि विश्वकै धनीहरुको सूचीमा परेका विनोद चौधरीले समेत अन्ततः कांग्रेस रोजेका छन् ।

प्रधानमन्त्री देउवाले विनोद चौधरीलाई आर्थिक समृद्धिको यात्राको नेतृत्व लिन आग्रह समेत गरिरहेका छन् । एमाले, माओवादी केन्द्र, राजपा, संघीय फोरम लगायतका दलहरुबाट शीर्ष नेता र निवर्तमान सांसदहरुनै सयौं कार्यकर्ताहरुसहित कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

वाम गठबन्धनले आफुलाई निकै बलियो दाबी गरिरहेका बेला कांग्रेसले उसलाई पछार्नका लागि भूसको आगोझै भित्रभित्रै सबै पार्टीहरुबाट नेता र कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराईरहेको छ । यसले नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा बहुमतसहित विजयको सन्निकट पुर्याएको विश्लेषकहरु दाबी गर्न थालेका छन् ।

केही समयभित्रै यति धेरै नेताहरु कांग्रेसमा प्रवेश गरे !
विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएसँगै त्यसभन्दा अघि र पछि अन्य पार्टीबाट सयौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा एमालेका निवर्तमान सांसद मोहनसिंह राठोरदेखि नन्दनकुमार दत्तसम्म रहेका छन् ।

राठोर कैलाली २ बाट दोश्रो संविधानसभामा निर्वाचित पूर्व सभासद हुन् भने दत्त पूर्वमन्त्री हुन् । नन्दकुमार दत्त माओवादी नेता हुन् । राठोरसँगै रविना चौधरी, त्यस्तै माओवादी केन्द्रका शम्भु श्रेष्ठ पनि कांग्रेसमा प्रवेश गरेका छन् । श्रेष्ठ दोश्रो संविधानसभामा पार्टीले टिकट नदिएपछि माओवादीमा पवेश गरी झलनाथ खनाललाई हराउने नेता हुन् ।

त्यस्तै नेपालमा मात्रै होइन विश्वमा समेत चर्चामा आउने उद्योगपति विनोद चौधरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनी ०६४ सालको संविधानसभा चुनावमा एमालेबाट समानूपातिक सभासद भएका थिए । ०७० मा चुनाव उठ्ने हल्ला भएपनि उनी उठेका थिएनन् ।

त्यस्तै राजपाका महामन्त्री जंगीलाल राय यादव पनि कांग्रेसमा प्रवेश गरेका छन् । रायको नेपाली कांग्रेस प्रवेश गर्ने निर्णयले सर्लाहीमा हंगामा मच्चाएको छ । त्यस्तै, राजपाका सहमहामन्त्री दिलिप धाडेवा पनि कांग्रेसमा प्रवेश गरेका छन् । मोरङका स्थायी वासिन्दा धाडेवाको कांग्रेस प्रवेश गर्ने निर्णयले जिल्लामा हंगामा मच्चिएको छ । उनी त्यहाँका प्रतिष्ठित उद्योगपति समेत हुन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेद्वार बनेका विश्वदीप लिङ्देन पनि कांग्रेस प्रवेश गरेका छन् । लिङदेन पूर्व सभासद समेत हुन् । नेपाली कांग्रेसमा नेता लिङदेनको प्रवेशले झापामा संघीय समाजवादी फोरमको धेरै जनमत काटिने स्थानीय नेता–कार्यकर्ताहरु बताउँछन् ।

त्यस्तै, केही दिनअघि मात्र अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवम् पूर्वसभासद सूर्यबहादुर केसी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । खड्काले अखण्ड पार्टीलाई नै कांग्रेसमा विलय गराएका हुन् ।

त्यस्तै,संघीय समाजवादी फोरमका उपमहासचिव एवम् कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ५ का निवर्तमान सांसद अभिषेक प्रताप शाह पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै,नेकपा मालेका सांसद शिवचन्द्र चौधरी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनुषाका स्थानीय वासिन्दा उनको प्रवेशले लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता र जनमतलाई प्रभावित पार्न सकिने आंकलन गर्न सकिन्छ ।

त्यस्तै, एकीकृत राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ पाण्डे पनि कांग्रेस प्रवेश गरेकी छ । नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएकी श्रेष्ठले उम्मेद्वाी फिर्ता लिएर अर्जुननरसिहं केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् ।

यसरी चुनावकै मुखमा अन्य जिल्लाहरुमा समेत हज्जारौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गर्ने नेता र कार्यकताहरुको लहर देखिएको छ । कांग्रेसले यो लहरलाई आकर्षित गर्ने कामलाई अझै निरन्तरता दियो भने आसन्न निर्वाचनमा उसको जितलाई कसैले रोक्न नसक्ने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।