मनोरञ्जन

चर्चित हाँस्य अभिनेता डंगोलले ल्याउने भए फेरि अर्को नयाँ चलचित्र

काठमाडौ । चर्चित हाँस्य अभिनेता रवि डंगोलले निर्देशन गरेको चलचित्र फिर्केको फष्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । नेपालभाषाको चलचित्र व मिसा पछि तीनभाषाको चलचित्र टेम्पो चालक निर्देशन गरेका रवि डंगोलले पछिल्लो समय निर्देशन गरेको यो चलचित्र पुष १४ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

इकु नामले चर्चित अर्का हाँस्य अभिनेता सुलेमान शंकर अर्थात ईकुको यस चलचित्रमा मुख्य भूमिका रहेको छ । इकु यस चलचित्रको निर्माता पनि हुन्।

ईकुलाई निर्माणमा ओमलाल गुरुङ र राजेश श्रेष्ठले पनि सघाएका छन्। ईकुको अलावा यस चलचित्र फिर्केमा ऋचा शर्मा,अर्पण थापा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी लगायतका कलाकारहरुको अभिनय गरेका छन्। यसअघि ‘ईकु’ र ‘ईकु २’ बनाएका शंकरले ‘फिर्के’ ईकु भन्दा फरक रहेको बताए ।

चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ। बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन मित्र डि गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ। चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ।