खेलकुद

युरोपा लिग फुटबलमा लायनको जित

एजेन्सी ।  युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा इभर्टनलाई लायनले ३–० को अन्तरमा हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लायनका लागि ६८ औँ मिनेटमा टारोरे, ७६ औँ मिनेटमा अयर र ८८ औँ मिनेटमा डिपेले गोल गरेका हुन् ।

८० औँ मिनेटमा सेनिडर्लिन दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि इभर्टन १० खेलाडीमा सिमित भएको थियो ।  यस्तै बिहीबार राति नै भएको खेलमा आर्सनले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले साथै भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले हरायो ।