राजनीति

शिव सेनाका सह–प्रवक्ता न्यौपानेले राजतन्त्रका बिषयमा गरे यस्तो घोषणा

  काठमाण्डौ ।  शिव सेनाका सह–प्रवक्ता न्यौपानेले राजतन्त्रका बिषयमा गरे यस्तो घोषणा

१) ०४७ साल देखि अहिले सम्मको राजनैतिक घटना क्रमलाई नियाल्दा पूर्वराजा ज्ञानेन्द्र को वक्तव्य स्वागत योग्य । सह-प्रवक्ता न्यौपाने २) एक भोट कर्मलाई एक भोट धर्मलाई भन्ने मूल नाराका साथ राष्ट्रिय शिवसेना पाटी चुनावि मैदानमा ।

३) हिन्दू धर्मको संरक्षणका लागि कुनैपनि हद सम्म जान तयार छौ । सह प्रवक्ता न्यौपाने

४) भ्रष्टचारी र विखण्डनकारीहरुका काला दिन शुरु भए ।

सह प्रवक्ता न्यौपाने-राष्ट्रिय शिव सेनामा पार्टीका सह प्रवक्ता तथा आर्थिक विभाग प्रमूख प्रभास न्यौपाने २०४७ साल देखि हालसम्मको नेपालको राजनैतिक घटना क्रमलाई नियाल्दा पूर्वराजा ज्ञानेन्द्र शाहले हालै दिईएको अभिव्यक्तिलाई स्वागतयोग्य भएको बताएका छन् ।काठमाडौं कालिका स्थानमा भएको एक कार्यक्रममा बोल्दै न्यौपानेले भने मुलुक अहिले विषम परिष्थिति बाट गुज्रीएको छ । राजनैतिक अस्थिरताले देशलाई अन्यौल तिर धकेलिइ रहेको छ । भष्ट्रचारी र विखण्डनकारीहरु मौलाई रहेका छन् । राष्ट्र नेतृत्व विहिन बनेको यस अवस्थामा राज संस्थाको विकल्प नरहेको उने बताए । २०६२/६३ को जनआन्दोलन र जनताको भावनालाई स्वीकार गर्दै सिंहासन त्याग गरेका राजाको त्यागलाई अब जनताले मुल्याङ्कन गर्नुपर्ने बेला भएको छ । अब पनि हामीले नबुझे ईतिहासले हामीलाई धिक्कार्नेछ । हाम्रा सन्ततीले दुःख पाउने छन् भन्दै उनले जोडे यसका लागि आपूmर आफ्नो पार्टीले जस्तो सुकै कदम चाल्न पनि तयार छ ।
यस अघिनै पार्टी अध्यक्ष विक्रम बहादुर बमले एक प्रेश विज्ञप्ती जारी गरी पूर्वराजाको अभिव्यक्तिलाई स्वागत गरेका छन् ।