राजनीति

जन्मकैदको सजाय सुनाईएका ढुंगेललाई प्रधानमन्त्रीको निर्देशनमा सिआईबीले यसरी प्रक्राउ गरिछाड्यो

काठमाण्डौ । सर्बोच्च अदालतले सर्बस्वसहित जन्मकैदको फैसला सुनाईएका माओबादी नेता बालकृष्ण ढुंगेललाई आज प्रहरीको केन्द्रीय अनुसंधान ब्युरोले पक्राउ गरेको छ ।

वखल्ढुंगामा ब्यक्तीगत रिसिवीमा नागरिक अन्जन कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा दिदी साबित्री श्रेष्ठले दिएको उजुरीमा सर्बोच्च अदालतले अभियुक्त ढुंगेललाई दोषी ठहर गर्दै सर्बस्वसहित आजिवन जेल सजाल तोकेको थियो ।
राजनीतिक आरक्षणका कारण ढुंगेललाई प्रहरीले पक्राउ गर्न नसकेपनि मंगलबार प्रधानमनत्री देउवाको सकृयतामा उनलाई केन्द्रीय अनुसंधान ब्यूरोले पक्राउ गरेको स्रोतको दाबी छ । प्रहरीमा राम्रो छबि भएका प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीको नेतृत्वमा केन्द्रीय अनुसंधान ब्यूरो छ । सादा पोसाकमा आएका प्रहरीले जेल सजाय सुनाईएपनि भागिरहेका ढुंगेललाई प्रहरीले प्रक्राउ गर्न सफल भएको हो ।

माओबादी नेताहरुले ढुंगेललाई पक्राउ गर्नु शान्तीप्रकृया बिरुद्ध सरकारको कदमको संज्ञा दिएका छन् । उनलाई पटक पटक छुटाउने प्रयास गरेपनि माओबादी नेताहरु असफल भएका थिए । जन्मकैदको सजाय सुनाईएका ढुंगेललाई प्रधानमन्त्रीको निर्देशनमा सिआईबीले यसरी प्रक्राउ गरिछाड्यो  ।

केहि समय अगाडी रामेछापमा सम्पन्न भएको एक कार्यक्रममा आफूलाई समात्नेलाई काट्ने धम्की दिएको समाचार सन्सनी भएको थियो । त्यसबेला प्रशधानन्यायधीश शुशीला कार्कीले सर्बोच्च अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीलाई चिठी समेत काटेकी थिईन् ।