खेलकुद

यसकारण एक्कासि बार्सिलोना पुगे नेइमार

एजेन्सी ।  कुनै समय बार्सिलोना फुटबल क्लबमा ‘एमएसएन’ र रियल मड्रिडमा ‘बिबिसी’ उपमा दिएर केही खेलाडीको चर्चा हुने गथ्र्यो ।एमएसएन अथार्त मेसी, स्वारेज र नेइमार बार्सिलोनाका ‘अट्याकिङ ट्रायो’ का रुपमा परिचित थिए भने रियलमा बेल, बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको समूह त्यस्तै थियो ।

२२२ मिलियन युरोको कीर्तिमानी रकममा फ्रेन्च क्लब पिएसजी गएका नेइमारले बार्सिलोनामा मेसी, स्वारेज र पिकेलाई भेटेका छन् । फ्रेन्च लिग ‘लिग वान’ खेलिरहेका नेइमार मार्सेलीसँगको खेलमा रातो कार्ड पाएका थिए । उनलाई एक खेलको प्रतिबन्ध लागेको छ । त्यसैले उनी बार्सिलोनाको भ्रमणमा निस्केका छन् ।

नेइमार तथा मेसी स्वारेजको भेटका बारेमा बार्सिलोना र नेइमार आफैलै इन्स्टाग्राममा फोटो पोस्ट गर्दै जानकारी दिएका छन् । नेइमारले फोटोको क्याप्सन लेखेका छन्, ‘यस्ता दि थिए, मैले मेसी र स्वारेजसँग समाचार सेयर गरिरहेको हुन्थेँ । फेरि भेट्न पाउँदा खुशी लाग्यो ब्रदर ।’