राजनीति

नेपालका कम्युनिष्टहरु मिलेपछि भारतीय दूतवासमा खैलाबैला, भारतीय जासुसी संस्थाभित्र यस्तो सम्म घटना घट्यो

काठमाडौं। नेपालका दुई ठुला शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच पार्टी एकतासम्मको समझदारी भएपछि नेपालस्थित भारतीय दुतावासमा खैलावैला मच्चिएको छ । वाम एकताको सहमति पत्तो नपाएको भन्दै नेपाल हेर्ने र का प्रमुखहरुको जिम्मेवारीमा व्यापक हेरफेर भएको उच्च स्रोतले वताएको छ ।

छोटो समयमा अनि अत्यन्तै गोप्य समझदारीले के नेपालको वाम तालमेल प्रकरणमा दक्षिण छिमेकी भारतले आफ्नो सूचना संयन्त्र र नेपालस्थित अधिकारीबाट केही भूलचुक, सूचना संकलन र विश्लेषणमा त्रुटि भएको निष्कर्ष निकालेको हो ?

यदि यसो होइन भने उसले किन आफ्नो जासुसी संस्थामा व्यापक फेरबदलको निर्णय ग-यो होला ? लण्डनबाट ‘रअ’को स्टेशन सम्हालन सोझैँ नेपाल आएका विवेक जोहरीलाई डेढ वर्ष पनि नबित्दै दिल्ली फर्काइदैछ । उनको ठाउँमा अवजित हल्दरलाई पठाउने तयारीमा भारत रहेको स्रोतले बताएको छ ।

उनी ‘रअ’का पूर्वप्रमुख तथा हालका बिजेपी नेता सञ्जय त्रिपाठीका ज्वाइँ हुन् । अटलबिहार बाजपेयीको पालामा प्रधानमन्त्री कार्यालयमा कार्यरत हल्दरले अब नेपालमा भारतीय जासुसी अखडा सम्हाल्ने छन् ।

‘रअ’को दोस्रो वरीयताको जिम्मेवारी सम्हालिरहेका दार्जिलिङे पि छिरिङ जो प्रथम महिला विदेश सचिव रहेकी अ‍ैय्यरको भदाहा हुन् । नेपालमा बसेर मधेस मामिला हेर्ने कन्सुलर तथा भिसा चिफ प्रणव गणेशलाई पनि दिल्ली फर्काउन आदेश आइसकेको छ । नेपालमा डिआईजी तहको इन्टेलिजेन्स ब्यूरोको मान्छे बसछन् ।

विभिन्न कभरमा ठूलो संख्यामा उच्चस्तरीय जासुसहरू बिराटनगर तथा वीरगञ्जस्थित कार्यालयहरूमा समेत ‘बसेका छन् । यी कार्यालयहरूमा समेत ‘रअ’ले आफ्नो सेट परिवर्तन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।