खेलकुद

प्रतिक्षामा लिसेस्टर सिटी र म्यानचेस्टर सिटीबिचको खेल

एजेन्सी ।  काराबावो कप अन्तर्गत क्वाटरफाइनल खेलको तालिका सार्वजनिक भएको छ । जसअनुसार लिसेस्टर सिटी र म्यानचेस्टर सिटीबिचको खेल धेरैको प्रतिक्षाको विषय बनेको छ ।

खेल तालिकाअनुसार चेल्सी भर्सेस ब्रोनमाउथ, आर्सनल भर्सेस वेष्ट हाम युनाइटेड, लिसेस्टर सिटी भर्सेस म्यानचेस्टर सिटी साथै ब्रिस्टोल सिटी भर्सेस म्यानचेस्टर युनाइटेडबिच खेल हुनेछ ।

काराबावो कपमा वल्भरह्याम्टनलाई हराएर म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगेको हो । यस्तै आर्सनलले नरविच सिटीलाई, ब्रोनमाउथले मिडल्सब्रोलाई, ब्रिस्टल सिटीले क्रिष्टल प्यालेसलाई, लिसेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएका थिए ।

साथै क्वाटर फाइनलका लागि चेल्सीले इभर्टन र वेष्ट हाम युनाइटेडले टोटनहामलाई हराएका हुन् । क्वाटरफाइनल खेल सोमबारदेखि शुरु हुनेछ ।