राजनीति

म जसरी पनि प्रत्यक्षतर्फ चुनाव लड्छुः सिटौला

सुरुङ्गा, झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारे । व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उनले भने, “हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।”

उनले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उनले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए ।