मनोरञ्जन

फूलपातीदेखि प्रदर्शनमा आएको छक्का पञ्जा–२ ले कति कमायो ? राख्यो नयाँ रेकर्ड

काठमाडौं । गत फूलपातीका दिनदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पन्जा २ ले १५ करोड माथिको व्यापार गरेको छ । कलाकार तथा छक्का पन्जा २ का निर्माता मध्येका एक दीपकराज गिरीले चलचित्रले १५ करोड कमाएको जानकारी दिएका हुन् ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तीमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, बुद्दी तामाङ लगायतको अभिनय छ । चलचित्रलाई दीपाश्री निरौंलाले निर्देशन गरेकी हु्न् ।

चलचित्रमा विदेश जाने युवायुवतीको कथा छ ।१५ करोडको कमाईसँगै चलचित्र “छक्का पन्जा २” सर्वाधिक पैसा कमाइ गर्ने नेपाली चलचित्रको दोश्रो नम्बर पुगेको छ ।

यसअगाडि धेरै कमाउने नेपाली चलचित्रको दोश्रो नम्बरमा चलचित्र ‘कोहिनुर’ थियो । श्रीकृष्ण श्रेष्ठद्धारा निर्मित र अभिनित “कोहिनुर”ले १० करोडको व्यापार गरेको थियो । कमाईको आधारमा पहिलो नम्बरमा छक्का पन्जा छ । छक्का पन्जाले १६ करोड माथिको व्यापार गरेको थियो ।