तस्विरहरु

प्रधानमन्त्री देउवादेखी सर्बसाधारणले टीका लगाएका तस्विरहरु हेर्नुहोस, तपाईको पनि हुनसक्छ

काठमाण्डौ । २०७४ सालको नेपालीहरुको दोस्रो ठूलो चाड सम्पन्न भएको छ । पहिलो ठूलोको रुपमा बडा दशैंलाई लिईन्छ भने दोस्रो ठूलो चाडको रुपमा तिहारलाई लिने गरिन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार अनि भाई तिहार गरि जम्मा ५ दिन मनाईने उक्त तिहारमा दिदी बहिनीहरुले दाजुभाईहरुलाई टीका लगाईदिे चलन छ । अन्तिम दिनको दिन संसारभरका नेपालीहरुले आफ्ना दिदीबहिनीहरुका हातबाट टिका लगाईदिने काम गरेका छन् ।

बिहान ११.५१ बजेको साईतमा नै धेरैजसोले टीका लगाएको देखियो भने बिहान ८.०० बजेपस्चात जुनबेला पनि टीका लगाउन मिल्ने भएके हुंदा अन्य अनुकुल पारेर टीका लगाएका छन् । यसैबीच टीका लगाएर फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा राखिएका प्रधानमन्त्री शेरबहादुर देउवादेखी सर्बसाधारणको फोटोहरु हामीले यस समाचार पोर्टलमा समाबेस गरेका छौं ।
पबित्र चाडबाडको रुपमा लिईने दीपावली अथवा तिहारका फिटोहरु हेर्नुहोस, तपाईको पनि हुनसक्छ ।