राजनीति

डा.मिनेन्द्र रिजालले एकाएक यसरी तताईदिए गिरिजाबाबुको क्षेत्रलाई

बिराटनगर । काँग्रेस राजनीतिमा लामो समयदेखी सकृय डा. मिनेन्द्र रिजाल बिराटनगरका बासिन्दा भएका कारण कृहिल्यै टिकट पाउन सकेनन् । अमेरिका बसेर अध्ययन गरेका डा रिजाल शिक्षण ब्यावशायमा संलग्न छन् ।

गिरिजा प्रसाद कोईरालाको क्षेत्र मोरगंको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षमा नाम सिफारिस भएपछि उनी उक्त क्षेत्रमा निर्बाचन लड्ने तयारीमा धेरैजसो सकृय देखिन्छन् । केहिदिन अगाडिमात्र तीन सय भन्दा बढी अन्य पार्टीका कार्यकर्तालाई काँग्रेस प्रबेस गराएका काँग्रेस केन्द्रीय सदस्य रिजाल अहिले प्रदेश नम्बर १ को राजनीतिक गफगाफमा चर्चामा आउन थालेका छन् । पूर्बअर्थमन्त्री महेश आचार्यको निर्बाचन क्षेत्रमा ०६४ र ०७० मा नाम सिफारिस भएपनि उक्त क्षेत्रमा प्रभाबशाली नेता आचार्यले नछाडेपछि समानुपातिकमा नाम लेखाउन बाध्य भएका थिए ।

मंसिर २१ गते घोषणा गरिएको मोरगंको निर्बाचनमा मुलुकभरको काँग्रेसबृतमा चर्चा हुने गर्दछ । नेपाली काँग्रेसले मोरंगलाई आफ्नो राजनीतिक राजधानी मानदै आएको छ । यसभन्दा अगाडिको निर्बाचनमा आमोद उपाध्यायले निर्बाचन लडेर हारेको क्षेत्र नम्बर २ मोरगंमा नेपाली काँग्रेसकी प्रभाबशाली नेतृ सूजाता कोईरालाको नाम नम्बर २ मा सिफारिस भएपछि उनी बिरामी भएका कारण समानुपातिकमा नै बस्ने ईच्छा प्रकट गरेका कारण पटक पटक मन्त्री समेत भईसकेका डा. रिजालले टिकट पाउने निश्चित नै छ । आमोद उपाध्याय उमेरले बृद्ध भएका कारण पनि प्रत्यक्ष निर्बाचन लड्न सक्ने अवस्थामा छैनन् ।

पहिले कोईराला परिवारसंग नजिक रहेर राजनीतिमा सकृय भएका नेता रिजाल शेरबहादुर देउवाले पार्टी फुटाउदा काँग्रेस प्रजातान्त्रीकका केन्द्रीय सदस्य भएका थिए । पछि शुसिल कोईराला पार्टी सभापति भएपछि कोईराला क्याम्प छिरेका थिए, पछिल्लो समय देउवा पार्टी सभापति र प्रधानमनत्री भएपनि कोईराला पौडेल क्याम्पबाट नै २२ जनाको संसदीय बोर्डमा मनोनयनमा परेका छन् ।

कहिलेकाँही बिबादमा आईरहने भएपनि बौद्धिक नेताका रुपमा चिनिने हुनाले उक्त क्षेत्रमा रिजाललाई टिकट दिँदा काँग्रेसको एक सिट थपिनेमा स्थानीय कार्यकर्ताको टिप्पणी छ ।

-अन्य पार्टीबाट काँग्रेस प्रबेस गराउदै नेता डा.रिजाल