आर्थिक

जबर्जस्ती सरकारमा बसिरहेपछि प्रधानमन्त्री देउवाले माओबादी मन्त्रीहरूलाई यसरी बनाईदिए जोगी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर माओबादी मन्त्रीहरुले राजीनामा नदिए बिनाबिभागीय बनाउने चेतावनी दिएपनि दाहालले सुनेको नसुनै गरी उल्टै गृहमन्त्रालयमा सरकार नछाड्ने भन्दै गृहमन्त्री जनार्दन शर्मालाई पत्रकार सम्मेलन गर्न भनेपछि मन्त्रिपरिषद पुनः गठन गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिएको केहिबेरमा नै गृह, परराष्ट्र, आपूर्ति, पशुपंक्षी बिकास, विज्ञान तथा प्रबिधि, शान्ति तथा पुन निर्माण, सामान्य प्रसाशन मन्त्रालय आफैंले लिंदै माओबादीका मनत्तीहरुलाई बिनाबिभागीय बनाएका छन् । । गृहमन्त्रीले पत्रकार सम्मेलनमा “निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।” भनेका थिए

उक्त पत्रकार सम्मेलनमा कसले निर्वाचन कसरी सार्दैछ भन्नेबारेमा भने गृहमन्त्री शर्माले कुनै जानकारी दिएका थिएनन् । उनले भनेका थिए “निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।”

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको शर्माको भनाई थियो ।
प्रधानमन्त्रीलाई माओबादी केन्द्रले आफ्नो पार्टीको समर्थन छ भने पनि उक्त समर्थन संसद भंग भएपछि आवश्यक नपर्ने कानुनी ब्यवस्था छ । बाम गठबन्धन भन्दै माओबादी केन्द्र एमालेसंग एकता प्रकृयामा गएपछि क्रुद्ध बनेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राप्रपा सहितलाई सरकारमा सहभागी बनाएपछि कमल थापालाई उपप्रधान एबम् उर्जा मन्त्रीको जिममेवारी दिएका छन् । सरकारबाट हट्ने वा नहट्ने स्पष्ट निर्णय गर्न नसकेको माओबादी केन्द्रले प्रधानमन्त्री देउवाले विना बिभागीय बनाएपछि कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी नै छ ।

माओबादी मन्त्रीहरु बिनाबिभागीय भएपछि जोगी भएको नेपाली कााग्रेसका एक नेताले सुर्यखबरलाई बताए । बाम एकता गरेर प्रधानमन्त्री देउवाको साथ छाडेपछि राजीनामा दिनु उपर्युक्त कदम हुने तर माओबादीले बढी बाठो हुंदा उक्त राजनीतिक समस्या आई लागेको ती नेताको ठम्याई छ ।