साहित्य

‘नेपाली नाटकको रुपरेखा’ विमोचन

काठमाडौँ । लक्ष्मीलोचना वैद्यद्वारा लिखित ‘नेपाली नाटकको रूपरेखा’ नामक अनुसन्धनात्मक कृति शनिबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

नेपाली नाटकको सिद्धान्त, विकासक्रम र नाटककारको समालोचना सम्मिलित सो कृति प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा डा अभि सुवेदी, नाटक निर्देशक राम केसी, लेखिका वैद्य, प्रकाशक संस्था भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुली, लेखिकाका बुबा शिवधरानन्द वैद्यले संयुक्तरूपमा विमोचन गरेका हुन् ।

प्रा डा लुइँटेलले उक्त कृति नेपाली नाटकबारे जान्न चाहने सिकारुदेखि शोधार्थीसम्मका लागिसमेत उपयुक्त रहेको छ भन्दै भाषाको संरक्षण र संवर्धनमा सबै एकजुट हुनुपर्ने बताए ।
प्रा डा सुवेदीले नेपाली नाटकसम्बन्धी पुस्तक समयसापेक्ष रहेको चर्चा गर्नुभयो । एकसय ६० पृष्ठको सो कृतिको मूल्य रू २५० छ । लेखिकका वैद्यको उक्त कृति पहिलो हो ।