खेलकुद

नेपालले लियो पहिलो विकेट

काठमाडौं  ।  आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ ।  टस जितेर पहिला बलिङ गरेको नेपालले हङकङले रनको खाता नखोल्दै विकेट लिएको छ ।

करण केसीले चौथो ओभरेको चौथो बलमा हङकङका ओपनर अन्सुमान रथलाई आउट गरेका छन् । हङकङले चार ओभरसम्म रनको खाता खोल्न सकेको छैन ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबाबार खेल्ने छ ।