पु.समाचार

एमाले वडाध्यक्षको यसरी भयो रहस्यमय मृत्यु

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।

वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिनुभयो । उनले भने “शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।”

विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र एक्कासि बिरामी भएर मृत्यु भएको हुँदा कुन रोगले मृत्यु भयो भन्ने जानकारी नआएको उनले बताए ।

दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ५२ वर्षीय विष्टका श्रीमती र दुई छोरा रहेका छन् । विष्ट नेकपा (एमाले)बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए ।