राजनीति

सुनसरी काँग्रेसले समानुपातिक सहितका यस्ता अनुहारहरु केन्द्र पठायो

इनरुवा । नेपाली कांग्रेस सुनसरीले आगामि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदको लागि २४१ जनाको आकांक्षी उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएको छ ।

कांगे्रस सुनसरी सभापति राजिब कोइरालाले पद थोरै भएपनि आकांक्षी धेरै भएकोले सबैको चित्त बुझाउने गरी नामावली केन्द्रमा पठाउँदा ठूलो हुन पुगेको जानकारी दिए ।

सुनसरी कांग्रेसले आइतवार केन्द्रमा पठाएको आकांक्षी उम्मेदवारहरुको सूचि अनुसार प्रतिनिधिसभा निर्वाचन तर्फ प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट पठाएको नामावलीमा मिनबहादुर विश्वकर्मा, लक्ष्मि खतिवडा र विनोद राई रहेका छन् ।

क्षेत्र नम्बर २ बाट – पार्टी सभापति राजिब कोइराला, वर्तमान सांसद सीताराम मेहता, राजिब ढुंगाना, हरी सापकोटा, बद्री नारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरी रहेका छन ।

क्षेत्र नम्बर ३ बाट पार्टी सभापति राजिब कोइराला, हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार, कपिलकुमार भण्डारीको नाम रहेको छ ।
त्यसैगरी क्षेत्र नम्बर ४ बाट – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिल अख्तर आजाद, डिल्ली कार्की र प्रा. कुञ्जिलाल यादवको नाम छ ।

४ नम्बर क्षेत्रीय कार्य समितिले कार्कीको मात्रै एक्लो नाम सिफारिस गरेको भएपनि आकांक्षीहरु धेरै भएकाले अरुको पनि नाम समावेश गर्नु परेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाकै लागि समानुपातिक तर्फ क्षेत्र नम्बर १ बाट सुरेसमान श्रेष्ठ, मिना सुब्बा, हरीनाथ बास्तोला, सुजेन्द्र तामाङ, आनन्दप्रसाद आचार्य, गोविन्द सुब्बा, चन्द्रशेखर लामाको नाम रहेको छ ।

क्षेत्र नम्बर २ बाट – दिलकुमारी राई, बिरेन्द्र कार्की, ज्योति शुब्बा, मोहन मेहता, किरणकुमार पोखरेल, खुसिलाल यादव, सरिता मेहता, रेमन्तमणी नेपाल, दिनेश चन्द्र गिरी, विजया कटुवाल, तेजप्रसाद सुवेदी, अपाङ तर्फबाट रमेश पोखरेल र मुस्लिमतर्फ बाट फुल मियाँको नाम रहेको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट – अगमलाल चौधरी, गोमा पराजुली अन्सारी, हाजी मो. अब्दुल रैन, सहिउद्दीन मियाँ, पंछी वाईवा, रेखा कौर प्रसाई, प्रेमप्रसाद भट्टराई र बलिम चौधरीको नाम रहेका छन ।

प्रेमप्रसाद भट्टराई र बलिम चौधरी आगामि असोज २५ गते राप्रपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ । तर प्रवेश अगाबै कांग्रेसले उनीहरुको नाम समानुपातिकको सूचिमा राखेर पठाएको हो ।

त्यसैगरी क्षेत्र नम्बर ४ बाट- बाबुराम आचार्य, जमिल अख्तर मियाँ, बर्तमान सांसद सूर्यदेब दास उराँवको नाम समाबेस गरिएको छ ।
त्यस्तै ताहिर अन्सारी, इर्फान अन्सारी र रामप्रसाद यादवको नाम पनि सूचिमा समावेश छ ।
त्यसैगरी प्रदेश सभाको लागि क्षेत्र नं १ ‘क’बाट – मदन ढकाल, उमेश थापा, मनिता घिमिरे, विकास आचार्य, सन्दिप श्रेष्ठ, अनिल अग्रवाल, सरोज थापा, बुद्धी कटुवाल, गिरीराज आचार्य र प्रदेश सभा १ ‘ख’बाट – किशोर राई, राजदिप लामा, हिमाल राईको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा ‘क’बाट – हेमकर्ण पौडेल, बद्रीनारायण चौधरी, फुलराज सुवेदी, दिलकुमार वन र प्रदेशसभा १ खबाट रामप्रसाद मेहता, केदार भण्डारी, संजयप्रसाद श्रेष्ठ, सिद्धार्थ कोइराला, इन्द्रप्रसाद पोखरेल, मणिराज दुलाल, गोपाल नेपाल, दिनेशप्रसाद यादव, बुधनाराण मेहता, अशोक मेहता, दिपनारायण भगतको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ३ प्रदेशसभा ‘क’ बाट ओमकुमार थापा, भरत गौली, महेश बास्तोला, दिपेन्द्र केसी, रामरोहन चौधरी, दिपक ढकाल, शंकर थापा, शेखर चौधरी र प्रदेशसभा ३ खबाट विन्देश्वर यादव, सिद्धार्थ कोइराला, सन्तोषकुमार रौनियार, मनिषकुमार राय, लिना चौधरी, सुरजदास थारुको नाम परेको छ ।

क्षेत्र नं ४ प्रदेशसभा ‘क’बाट -उपेन्द्र कटुवाल, रेवतीरमण दुलाल, अनु गुरुङ्ग, डिल्ली कार्की, मनोज साह, नइम मन्सुरी, सुरेन्द्र गुप्ता, शुसिला खनाल पौडेल, त्रिलोचन मेहता, चनरदेव मेहता र प्रदेशसभा ४ खबाट-अल्लाउद्दीन हुसैन, सुनिलकुमार पोखरेल, ताहिर अन्सारी, इस्राइल मन्सुरी, आमोद आर्चाय, सत्यनारायण यादव, पुर्णराज यादव, सहनाज वेगमको नाम सिफारिस गरिएको छ ।
त्यसरी नै प्रदेश सभा तर्फको समानुपातिक सूचिमा

प्रदेश सभा १ ‘क’बाट -चन्द्रप्रसाद श्रेष्ठ, कृष्णकला मादेन, भिष्म काफ्ले, जयप्रकाश शर्मा, गोविन्द दर्नाल, सन्तोष विश्वकर्मा, कमल पोखरेल, सन्तोष सापकोटा, राजेन्द्र साह, चन्द्र नेपाल, निर्मला शर्मा, सचित शर्मा र प्रदेशसभा क्षेत्र नम्बर १ ‘ख’बाट गोविन्द बस्नेत, बुद्धी कटुवाल, हिमाल सुब्बा, उर्मिला प्रधान, जगत कार्की, चन्द्रशेखर लामा, ममता तामाङ्ग, तिलक सुनुवार, गोविन्द सुब्बा, मोहनकुमारी कालिकोटे, रतनप्रसाद राईको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं २ ‘क’बाट- गिता श्रेष्ठ, केशव भट्टराई, गोपाल चौधरी, भरत चौधरी, रुपा कार्की, धर्मा गिरी, राधिका कार्की, थापा दिलमाया डागी र क्षेत्र नं २ ‘ख’बाट ज्योती सुब्बा, कमला खतिवडा, कुमारी विभा यादव, मोहनकुमार श्रेष्ठ, अतहर मियाँ, किशोरकुमार पाल, बलराम यादव, इश्वर घिमिरे, सगेन चौधरी, जवाहिर महतो, सहदेव मेहता, सन्तोषकुमार भगत, जगधर यादव, रञ्जेश भट्टराई, योगेन्द्र शर्मा, जयप्रकाश मेहता, विन्देश्वर साह, कलाधर पोखरेल, हाजी खलिल मियाँ, टेकराज पोखरेल, झुपेन्द्रसिंह यादव, इन्द्रनारायण मेहता, मिथलेशकुमार कर्ण, सिताराम चौधरी, सन्तकुमार मेहता, देवनारायण माझी, वर्षा कार्की, कोपीला कार्की, शकुन्तला चौधरी, प्रियका मेहता, छवीलाल मोचीको नाम रहेको छ ।

त्यसैगरी क्षेत्र नं ३ ‘क’बाट – विष्णु डागी, मो. अजिज रैन, होमबहादुर खडका, निर्मला चौधरी, नारायण सरदार, सुवोध घिमिरे, माया डागी, रमला तामाङ्ग, रोशन सुब्बा, अशोक केसी, शिला गजमेर, नुरमहमद मियाँ, हाजी जाकिर हुसैन, हिरालाल चौधरी क्षेत्र नं ३ खबाट रामप्रसाद यादव, दिपक राई, मुसहरु यादव, राजकुमार मण्डल, तुलाराम माझी, मालती मल्लिक, पिंकी राम, सम्पतलाल चौधरी, प्रेमवहादुर गौतम, लखन कामत, रामलाल चौधरीको नाम रहेको छ ।

क्षेत्र नं ४ ‘क’बाट पंकजकुमार महतो, बाबुराम विष्ट, ध्यानी उराँव, ममता तामाङ्ग, नइमुद्दीन खाँ, शम्भुप्रसाद साह, बौवालाल खत्वे, जर्नादन पंडित र क्षेत्र नं ४ ‘ख’बाट- नन्द सिग्देल, मालतीदेवी मण्डल, मिराकुमारी मण्डल, गोमा खत्री, विन्दु बराल, हर्कमाया ढकाल, सिकमलाल यादव, अन्जुदेवी मेहता, रामेश्वर खत्वे, अक्रम अली, हाजी हफज अन्सारी, भिखारी मण्डल, रेणुकुमारी साह र सुनिलकुमार साहको नाम सिफारिस गरिएको छ ।