आर्थिक

नेपाल र बंगलादेश बीबीआइएनमा अडेर सहकार्य गर्दै

काठमाण्डौ । नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।

नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।