राजनीति

निर्बाचन लड्न प्रतिबन्ध गरिएका काँग्रेस नेता खुमबहादुर गरिए प्रतिनिधिसभामा सिफारिस, यस्ता छन् दाङका अन्य उम्मेदवार

दाङ । नेपाली काँग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं। १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ ।

प्रदेशसभा अन्र्तगत क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, हरिहर शर्मा घिमिरे, मधु न्यौपाने र क्षेत्र नं १ (ख) प्रत्यक्षतर्फ भेषराज पाण्डे, प्रदीपराज शर्मा, नारायण बिसी र द्रोण भुसालको नाम सिफारिश भएको छ ।

त्यस्तै, क्षेत्र नं २ का लागि प्रतिनिधिसभा प्रत्यक्षका लागि राजु खनाल, अनिता देवकोटा, घनश्याम रेग्मीको नाम सिफारिश भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ वीरकेशरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा, कृष्णप्रसाद सुवेदी, मोहन घिमिरे र दामोदर केसीको नाम रहेको छ ।

क्षेत्र नं २ (ख) प्रत्यक्षतर्फ भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दीपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको नाम सिफारिश भएको छ ।

त्यस्तै, दाङ क्षेत्र नं ३ प्रतिनिधिसभा प्रत्यक्षका लागि काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी, बुद्धिराम भण्डारी र राजेन्द्र धितालको नाम सिफारिश भएको छ । प्रदेश सभाका लागि क्षेत्र नं ३ (क) मा प्रत्यक्षतर्फ कीर्तिबहादुर खड्का, शंकर गिरी, किरण शाह, सुरेश हमाल, प्रदीप खड्का र क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ शंकर डाँगी, केशव आचार्य, जगतबहादुर खड्का, मदन रसिक, टीका घर्ती, चूडामणि ढकालको नाम सिफारिश भएको काँग्रेस दाङले जनाएको छ ।